Home > Uncategorised > संक्षिप्त प्रस्ताव आव्हान ।

हामी जहाँ रहेपनि देशप्रेम र देशप्रतिको दायित्व कहिल्यै मेटिन्न । यहि दायित्वलाई शिरोपर गरी आ–आफ्नो स्थानबाट देशका लागी सकेको केही गर्ने हेतुका साथ नर्वेनिवासी नेपालीहरुद्धारा स्थापित यस संस्था Helping Hands for Nepal,Norway ले नेपालमा बालबालिका शिक्षा र प्राकृतिक एवं दैवि विपत्तिहरुमा मानवीय सहयोग गर्दैआएको छ। यसै शिलशिलामा नेपालका बालबालिका शिक्षा सहयोगार्थ नेपाली चलचित्र ‘पशुपतिप्रसाद’ को प्रदर्शन गरी जुटाइएकाे केही रकमको समुचित सदुपयोगका निमित्त दुर्गम र पिछडिएको क्षेत्रका बालबालिका शिक्षामा कार्यरत अति आवश्यक शैक्षिक निकायबाट तपसिल बमोजिमका सीमाभित्र रहेर संक्षिप्त प्रस्ताव आव्हान गरिन्छ।

१. उद्धेश्य : गरीब तथा असहाय बालबालिकाकाहरुको शिक्षा हासिल गर्ने कार्यमा अत्यावश्यक सहयोग।
२. अवस्थिती : दुर्गम तथा पिछडिएको क्षेत्र
३. प्राथमिकता : अन्य गैरसरकारी संस्था वा परियोजनाबाट सहयोग नभएका अपागं वा सुस्तमनस्थिती बालबालिकाका लागी संचालित विद्यालय
४. सहयोगको प्रकार : जिन्सी
५. अनुमानित रकम : ने.रु. २ देखि ३ लाखसम्म
६. अधिकतम प्रस्ताव पृष्ठ : A4 साइजमा ५ पृष्ठ
७. प्रस्ताव पठाउने ठेगाना : helpinghandsfornepal@gmail.com
८. प्रस्ताव पठाउने अन्तिम मिति : २०१६ अप्रिल ३०

Share

Your email address will not be published. Required fields are marked *

*